Important Notice !!!!!!!!!!!
एशिएन ब्रिज इन्टरनेश्नल स्कुल ,जापान (ABIS ) - खामिनाकाजातो मा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुलिरहेको छ। यो स्कुल विशेष गरि टोक्योको किता वार्ड , आराखावा वार्ड ,तोशिमा वार्ड , लगाएत साइतामाको विभिन्न एरिया का नेपालि समुदाएका बिद्यार्थी बालबालिकाहरुलाई लक्षित गरि स्थापना गरिएको छ , जसले मातृभाषा लगाएत अंग्रेजी भाषामा गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ।
किन एशिएन ब्रिज इन्टरनेश्नल स्कुल ?
- नेपाल सरकारको मान्यता प्राप्त
- IT फ्रेन्डली शैक्षिक वातावरण
- दक्ष शिक्षक द्वारा पठनपाठन गराइने
- इन्टरनेश्नल लेभल को पाठ्यक्रम संगै नेपालि पाठ्यक्रम को मिश्रण
- प्रमुख भाषा अंग्रेजी संगै नेपालि भाषा लाइ बिशेष प्राथमिकता
प्रि-स्कुल र स्थानीय सरकारी अनुदान केन्द्रित कक्षा कोठा
- प्रि -स्कुल भन्नाले प्राथमिक शिक्षाको पुर्व तयारीका रुपमा तिन बर्षे कार्यक्रम
- जापानको स्थानीय सरकारले उपलध गराउने अनुदान प्राप्त हुने किसिमको कक्षा कोठा लगाएत अन्य कुरामा अथक प्रयास।
सस्तो फि गुणस्तरीय शिक्षा
- अन्य बिद्यालय भन्दा शुल्क कम क्वालिटी उच्च
- आर्थिक रुपमा बिपन्न लागाएत परिवारका लागि छुट्टै समन्वय गरिने
- शिघ्र आबेदन मा छुट
बस सुबिधा
यसमा दुइ वटा रुट उपलब्ध हुनेछ :
१. टोक्यो रुट : यो रुटमा टोक्यो को इकेबुकुरो बाट किता सेन्ज्यु सम्म को बालबालिकाहरु लाइ सहजताका साथ आवतजावत उपलब्ध गराइने।
२. साइतामा रुट : यो रुटमा साइतामा को विभिन्न एरिया खावागुची ,निशिकावागुची ,आकाबाने लगाएत ठाउ हरु मा सहजताका साथ आवतजावत उपलब्ध गराइने।
थप जानकारीको लागि सम्पर्क
फोन : ०७०६५६९८८८९
इमेल : schoolabisjpn@gmail.com